Home » » असुरक्षित यौन सम्पर्कले एचआइभीको सङ्क्रमण बढ्दै : मोरङ्गमा मात्रै ९३ जना भेटीए

असुरक्षित यौन सम्पर्कले एचआइभीको सङ्क्रमण बढ्दै : मोरङ्गमा मात्रै ९३ जना भेटीए


मोरङ , १५ मङ्सिर / मोरङमा एक वर्षभित्रमा ९३ जना
एचआइभी सङ्क्रमित फेला परेका छन् । जिल्ला एड्स समन्वय
समिति मोरङका संयोजक झमक भट्टराईका अनुसार
यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट सर्ने दर बढी
देखिएका छन् । त्रियानब्बे जनामध्ये २४ जनालाई
शारीरिक सम्पर्कबाट सङ्क्रमण भएको खुल्न आएको छ ।
जिल्ला एड्स समन्वय समिति, मोरङको तथ्याङ्कअनुसार २६
गृहिणी र नौजना बालबालिका यो रोगबाट ग्रसित छन् ।
विसं २०४७ यता जिल्लामा एक हजार ३३९ जनामा रोगको
सङ्क्रमण देखिएको छ । गत वर्षमात्रै मोरङमा एचआइभी
एड्सका कारणले नौजनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख
छ । मोरङका प्रमुख सहरी क्षेत्रका होटलमा गरिएका
असुरक्षित यौन सम्पर्कबाट एचआइभीको सङ्क्रमण सरेको
संयोजक भट्टराईको भनाइ छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved