Home » » नेपाली सेनाले भन्यो, ‘मधेस आन्दोलन मधेसी दलको नियन्त्रण बाहिर’

नेपाली सेनाले भन्यो, ‘मधेस आन्दोलन मधेसी दलको नियन्त्रण बाहिर’

काठमाडौं, १४ मंसिर । नेपाली सेनाले मुलुकको
पछिल्लो राजनीतिक घटनाक्रम तरल र अप्ठ्यारो
अवस्था रहेको विश्लेषण गरेको छ ।
झन्डै एक सय दिनदेखि तराई मधेसमा भइरहेको
आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा
मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको
र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन
सक्ने उल्लेख रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले
छापेको छ ।
नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ
मिलेटरी इन्टेलिजेन्स (डीएमआई)ले तयार पारेको
प्रतिवेदनमा सुरुआती दिनमा तराई मधेसमा चलेको
आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहेपनि
अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि
उल्लेख छ ।
कतिपय स्थानका विरोध र आन्दोलनका
कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं
हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ ।
तराई मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री
अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि
निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी
अवस्थामा रहेको स्रोतले बतायो ।
तराई मधेसका समस्या नियन्त्रणमा लिन सेना
परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक
धारणा आइरहेका बेला आइतबार सैनिक
मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे
पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च
अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved