Home » » दक्षिण कोरियालाई गोप्य रुपमा यसरि ध्वस्त गर्दैछ उत्तरकोरिया

दक्षिण कोरियालाई गोप्य रुपमा यसरि ध्वस्त गर्दैछ उत्तरकोरिया


दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको बताएका छन् ।दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ ।उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तर रुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ ।
दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ ।
फेब्रुअरी महिनाको अन्त्यतिरबाट मार्चको सुरुको अवधिमा उत्तर कोरियाली गुप्तचरहरुले दक्षिण कोरियाका केही उच्च पदस्थ सरकारी कर्मचारीको फोन नम्बर चोरेर लगेको र त्यसपछि उतैबाट मोबाइल फोन ह्याक गरिदिएको जानकारी दिइएको हो ।
यसका साथै इन्टरनेटको सर्भर चोरेर त्यसमार्फत गुप्तचर सूचनाहरु पनि प्राप्त गरेको दक्षिण कोरियाको आरोप छ ।
यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको छ ।
दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले बिगत लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।
गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ ।
यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved