Home » » गलकोटमा सजीवनको तेलबाट गाडी चल्यो, कार्कीको कामको तारिफ

गलकोटमा सजीवनको तेलबाट गाडी चल्यो, कार्कीको कामको तारिफ


गलकोट,१३ मंसिर
पाल्पाका केशब कार्कीले गलकोटमा सजिवनको तेल निकालि सवारी साधन सञ्चालन गर्न सफल हुनुभएको छ । भारतले
गरेको नाकाबन्दिका कारण ईन्धन अभाव भएको समयमा गलकोटका टिकाराम गौतमले कार्कीलाई गलकोट ल्याई
सजिवलको परिक्षण गराउनुभएको थियो ।
पाल्पाको बिभिन्न जंगल बाट खोजी ल्याएको सजिवलको दाना पेलेर निकालेको तेल बाट नै सवारी धनी कार्किले
सवारी साधन संचालन गरेर गलकोटका जनता लाइ देखाउनुभएको छ । गलकोटका हरेक पाखा र पखेरमा सजिवलको खेती
गर्न लगाएर बैकल्पीक उर्जाको रुपमा विकास गर्न सकिने कार्कीको भनाई छ ।
आज बिहान जेनेरेटरमा गरिएको सफल प्रशिक्षण पछि गाडिमा प्रयोग गरिएको थियो । सजिवलबाट निकालिएको
डिजेलले गाडि राम्रोसँग चलेको गाडि चालक शेर बहादुर खत्रीले प्रतिक्रिया दिनुभएको थियो । पाल्पाका केशव
कार्कीले गलकोटमा भएका सजिवलबाट तेल निकाल्न सके गलकोट क्षेत्र मात्र नभई राज्यको बिकासले समेत गति लिने
बताउनुभएको थियो ।
कार्कीले एक थुकि सुकि हजार थुकि नदि भन्दै एक जनाले मात्र गछु भनेर हुदैन सबैले हातेमालो गर्न सके ईन्धनको अभाव नहुने
बताउनुभयो । सजिवलबाट लिकालिएको डिजेल गाडिका लागी प्रयोग गरिने र सल्लाहरुबाट पेट्रोल निकाल्न सकिने
भएकाले गलकोटमा तेल उत्पादनका लागी कच्चा पदार्थको अभाव नभएको उहाँको भनाई छ ।
सजिवलको डिजेलको सफल प्रशिक्षण पछि गलकोटका टिकाराम गौतमले अबदेखि ब्यवसायीक रुपमा सजिवलको खेति
सुरु गर्ने बताउनुभएको छ । आफनो घरबरपर खेर गईरहेको खेतबारीको सदुपयोग पनि हुने आम्दानी पनि गर्न सकिने भएपछि
अबदेखि खेति सुरु गर्छु गौतमले भन्नुभयो, आजको सफल प्रशिक्षणले मलाई थप हौसला प्रदान गरेको छ ।
सजिवलको तेलले जेनेरेटर राम्रोसँग चल्ने, डिजेल, मतितेलको जस्तो गन्ध नआउने भएका कारण पनि गलकोटमा सजिवललाई
ब्यवसायीक रुपमा सञ्चालन गर्न जरुरी भएको ज्ञान खड्काले बताउनुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved