Home » » विज्ञहरु भन्छनः ‘नयाँ संविधान बोकेर तराई–मधेस जानुहोस’

विज्ञहरु भन्छनः ‘नयाँ संविधान बोकेर तराई–मधेस जानुहोस’

काठमाडौं, मंसिर १३ । विगत सय दिन देखि
तराइ–मधेसका जिल्लाहरुमा देखिएको
समस्या समाधान गर्नका लागि नयाँ
संविधान बोकेर तराइ मधेसका जिल्लाहरुमा
जान सभाषदहरुलाई प्राध्यापक तथा
विज्ञहरुले सुझाव दिएका छन् ।
संमृद्ध नेपालका लागि सशक्त काग्रेस विषयक
अन्तरक्रियामा कार्यक्रममा बोल्ने
अधिकाशं बक्ताहरुले तराइमा देखिएको
समस्या समाधान गर्ने काग्रेस नै अग्रसरता
देखाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै डा.जयराज आचार्यले
पहिला कांग्रेस नेताहरु तराई मधेसको भ्रमण
गरी यथार्थ बुझेर आन्दोलनबारे निर्णय लिन
सुझाव दिएका छन् । काग्रेस भित्र सामुहिक
छलफलको अभाव खड्किएको भन्दै समस्याबाट
नभाग्न नेताहरुलाई सुझाएका थिए ।
यस्तै अर्थविद डा. शंकर शर्माले कांग्रेस भित्र
गाँउस्तरबाटै भागबन्डाको राजनीतिले प्रसय
पाएकाले पार्टी भन्दा व्यक्ति
प्राथमिकतामा परेको गुनासो गर्दै
सरकारमा रहँदा गरेका सकारात्मक कामहरुले
चर्चा नपाएकोमा दुःख व्यक्त गरे ।
कांग्रेस भित्रको गुट–उपगुटले पार्टी कमजोर
बन्दै गएको, तराई मधेस आन्दोलनमा स्थानिय
नेताहरु नै खुलेर लागेको र पार्टी नेतृत्व समस्या
समाधान गर्ने अग्रसरता नदेखाएको भन्दै
प्रध्यापकद्धय चन्द्रलाल श्रेष्ठ र कुन्जिलाल
यादवले नेताहरुको आलोचना गरेका थिए ।
नेपालमा राजनीतिक परिर्वतन छोटो–
छोटो समयमा हुँदै आएपनि आर्थिक परिवर्तन
भने सुस्त गतिमा अगाडी बढेको भन्दै देशलाई
आर्थिक विकासलाई अगाडी बढाउदै
आत्मर्निभर नेपाल बनाउन कांग्रेसले नेतृत्व गर्नु
पर्नेमा विज्ञ रामबहादुर केसीको जोड दिए ।
कार्यक्रममा बोल्दै डेमोक्राटिक लर्यस
एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले
पार्टी केन्द्रिय सदस्यहरुमा नैतिकता
अनुशासनको कमि देखिएको भन्दै केन्द्रिय
सदस्यहरुलाई प्रशिक्षणको आवश्यकता रहेको
बताए ।
नेपाली काग्रेसका नेताद्धय मधु आचार्य र
डा. कमल रिजालद्धारा संयुक्त रुपमा
आयोजना गरिएको अन्तरक्रियामा
पार्टीको केन्द्रिय नेतृत्वमा सधैं एकै व्यक्ति
दोहोरिएको, भातृ संगठनहरुको महाधिवेशन
गर्न नसकेको धेरै जिल्ला सभापतिहरु सभाषद
भैसक्दा पनि जिल्ला सभापति पद नछाडेको
नेतृत्वबर्गमा दिर्गकालिन भिजनको अभाव
भन्दै सहभागिहरुले नेतृत्वको आलोचना गरेका
थिए ।
कार्यक्रममा डा.सत्यनारायण चौधरी,
अनुराध शर्मा, गोविन्द तुम्वाहाङ्ग,
राजेन्द्रराज पौडेल, कमल तामाङ्ग, उत्तर
चापागाई, शुसिला भट्ट मिश्र, रत्नमणी
नेपाल, सुवासचन्द्र बराल, लोकनाथ सवर्णकार
लगायतका बक्ताहरुले काग्रेसभित्रको
कृयाशिल सदस्यता विवाद समाधन गर्दै १३ औं
महाधिवेशनमा एजेण्डागत राजनीतिलाई
मुख्य विषय बनाएर अगाडी बढ्नु पर्नेमा जोड
दिएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved